हाम्रो बारेमा
खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरुमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा ‘नेपाल सोसल ई.मिडिया प्रा.लि ‘को स्थापना गरिएको हो।
‘सार्थक पोष्ट’ पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ र सधैं रहनेछ । एक पटक प्रकाशित भैसकेका समाचार तथा समाचारजन्य सामग्रीहरु कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन । तर, गल्ती सच्याउन भने तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने वा नगर्ने निर्णय गरिने छ ।
समाचार वा विचार प्रकाशन गर्दा कुनै पनि प्रकारको पक्षपात गरिँदैन । तर, हाम्रो प्राथमिकतामा नपरेका, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त विपरीतका सामग्री प्रकाशन नगर्न भने हामी स्वतन्त्र छाैं । प्रकाशित विचार, विश्लेषण आदी पालिका लाइभकाे आधिकारिक धारणा नभई लेखक स्वयंका निजी हुन् । ग्रामीण, पछी परेका समुदाय वा स्थानीय प्रविधि तथा सीप लगायतका सामग्रीलाई समेत उच्च प्राथमिकता दिइने छ । व्यक्ति, समाज, देश गर्दै सम्पूर्ण विश्वमै सकारात्मक उर्जा प्रवाह गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो ।
प्रयोगका शर्तहरु :
स्वतन्त्रपूर्वक अभिव्यक्त गरिएका प्रतिक्रिया कुनै पक्षपात बिना नै प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया भने यथासीघ्र हटाइने छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । यो संस्करण २०७९ साल जेष्ठ १ गतेबाट सुरू भएको हो।
तपाईको सल्लाह, सुझावहरू हामीलाई पठाउन सक्नुहुनेछ । त्यसका लागि sarthakpost.news@gmail.com मा पठाउन सक्नुहुनेछ। हामी तपाइको विचार तथा लेख रचनाको उचित स्थानका साथ प्रकाशन तथा प्रकाशन गर्नेछौं ।