काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा सबैखालको गरिबी हटाउने कार्यक्रम समावेश हुने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट कार्यक्रम अर्थात् विनियोजन विधेयकका सिद्धान्तहरु प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले धनी र गरिबबीचको खाडक कम गराउने बताए।
आगामी आर्थिक वर्षको बजेटमा रोजगारी बढाउने र गरिबी कम गराउने कार्यक्रमहरु समावेश गरिने अर्थमन्त्रीले बताए।
उनले भने, ‘अर्थतन्त्रलाई गतिशील बनाई त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको तारतम्यता मिलाइने छ। उत्पादनमुलक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालन गरि रोजगारी बढाउने, डिजिटल इकोनोमीलाई प्रवर्द्धन गरिने छ। सबै प्रकारको गरिबी न्यूनीकरण गरि गरिब र धनीबीचको खाडल घटाइने कार्यक्रमहरु समावेश हुने छ।’
मन्त्री महतका अनुसार आगामाी आर्थिक वर्षको बजेट, दिगो फराकिलो समृद्धि र आर्थिक वृद्धि हासिल गर्ने खालको हुने छ। स्रोत साधानको अधिकतम परिवर्तन गर्नेमा केन्द्रित हुने छ।
साथै, रोजगारीको अवसर बढाउने, सुशासन कायम गर्ने, स्रोत साधनको परिचालनमा प्रभावकारी बनाउनेतर्फ लक्षित हुने उनले जानाकारी दिए।
अहिले बजेट प्रणाली र नेपालको अर्थतन्त्रमा समस्या देखिएको भन्दै विश्व बजारको समस्या र आन्तरिक विषय समेत जोडिँदा मुलुकको अर्थतन्त्र दबावमा रहेको र यही परिवेशमा आफू अर्थमन्त्रालयमा अएको उनको भनाई छ।
‘चालू आर्थिक वर्षमा ब्यापार, उत्पादन र निर्माण क्षेत्रमा सुस्तता आएकोले आर्थिक वृद्धि न्यून हुने देखिएको छ। लक्ष्य अनुरुप राजश्व परिचालन हुन सकेको छैन। सार्वजनिक ऋणको दायित्व बढ्दै गएको छ’ मन्त्री महतले भने, ‘खर्च प्रणाली समेत व्यवस्थित हुन सकिरहेको छैन। आयोजना कार्यन्वयन कमजोर बन्दा पुँजिगत खर्च कमजोर रहेको तर चालू खर्च भने निरन्तर बढिरहेको छ। खर्च सनुतलमा गाह्रो परेको छ।’
बैंकको उच्च ब्याजदर, पुँजीबजारमा उतारचढाव, लगायतका हरु समावेश भएको उनले जानकारी दिए। आगामी बजेटले निजी क्षेत्रमा मनोबलमा बढाउने, उद्योमशीलताको विकास, अनावशयक खर्च कटौति र साधारण खर्चमा मितव्ययिता कायम गर्ने उनले दाबी गरे।