गाेरखा- मोडलिङ्ग दुनियाँमा यतिबेला नव कलाकारहरुको रुची बढ्दो रुपमा रहेको छ । त्यसै गरि नवप्रबेशी कलाकार पनि प्रसस्त छन् । एक पछि अर्को गरि एक्टिभ सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवती आइरहेका छन ।
यसैबीच सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउदै आएका नब मोडल हुन प्रिया तामाङ्ग । भविष्यमा कुशल र सफल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गर्ने सोचाइमा छन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दैछिन ।
मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।
यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकि हुन नब मोडल तामाङ्ग ।
ओखलढुङ्गा जन्मथलो र काठमाडौ लाई कर्मथलो बनाउदै आएकि प्रियाले देश विदेशको यात्रा समेत गरिसकेको छन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेका मोडल तामांगको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु पनि थियो ।
नृत्य र अभिनयमा पोख्त आकर्षक सुन्दर सेक्सी शरीरको पनि धनि मिलेको शरीर अनि चक्लेटि मुहार र सेक्सी एन्ड बोल्ड लुक्स नै उनि प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने तामाङ्गको बिशेषता हो ।
रोजगारीमा पनि ब्यस्त रहेकी नायिका खेल र एक्सनमा पनि उतिकै सौखिन छिन । अहिले सम्म थुप्रै म्युजिक भिडियोमा काम गरि सकेकि उनले अझै नया अफर आएका छन तर उचित समय र राम्रो ब्यानरको लाई मात्र आफुले काम गर्ने योजनामा रहेका मोडल प्रिया भन्छिंन ‘कथा अनुसार’ जस्तो सुकै रोल र अभिनय गर्नलाइ पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको बिश्वास छ ।
क्वान्टिटी भन्दा क्वालिटिमा कामलाई फोकस गर्न सकियो भने उपलब्धि मुलक हुने तामाङ्ग बताउछिन ।
अहिले सम्म प्रेम सम्बन्धमा नरहेको बताउने उनि लाइ प्रेम प्रस्ताव भने थुप्रै आउने गरेको छ । आफ्नो रोजाइको ब्वाई नै नभेटेकोले अझै सिङ्ग्ल छु । प्रेम र सेक्सको बारेमा खुलेर बोल्न रुचाउने नायिका तामाङ्ग भन्छिन ” यो नियमित प्रक्रिया हो अनौठो मान्नु पर्दैन , इच्क्षा पर्छ मन मिल्छ भने सेक्स सामान्य हो जबर्जस्ति गरिनु अपराध हो ।
छिट्टै नै नयाँ प्रोजेक्टमा काम गर्ने लगभग निस्चित भएको छ सम्भवत अर्को महिना बाट काम हुने पनि जानकारी गराए । आफ्नो कामले समय नपाइरहेकाले धेरै अफर लाई स्विकार गर्न सकिएन अब भने केहि कामलाइ निरंतरता दिने उनले बताए । भर्खरै मात्र नायक प्रिया अभिनित नयाँ भिडियो बजारमा आएको छ भने युवा पुस्ताको रोजाइमा परेको पनि छ ।
भिडियाे