नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म १ सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ।
उक्त प्रकरणमा सुरूआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो।