जेष्ठ ८,काठमाडौँ । वैदेशिक रोजगारीमा लाग्दै आएको कोटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त बाध्यकारी व्यवस्था हटाउन थालेको हो । त्यसका लागि आवश्यक कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाएको हो ।
कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका थिए । उक्त निर्णय व्यवहारिक नभएको भन्दै उनीहरूले निरन्तर कोटा प्रणाली हटाउन माग गर्दै आएका छन् ।