जेष्ठ १०,काठमाडौ / नक्कली शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको बैठकमा दलहरु बिच दोहोरी चलिरहेको छ ।
प्रतिनिधिसभाको बैठक सरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै तिन दल खुसुरखुसर बसेकोमा रास्वपाले आशंका गर्दै आएको कुरा उठाउदै गर्दा नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले त्यसको जवाफ दिदै भने नागरिकतामा कैफियत देखिएपछि सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे। आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्? उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?