जेष्ठ १६,धादिङ / धादिङ्ग जिल्ला बेनिघाट रोराङ गाउँपालिका वडा नं २ मासखर्क (जाउलखर्क ) मा भिरबाट लडेर एक गर्भवती महिला सहित २ बर्ष बालकको भिरबाट लडेर ज्यान गएको छ । जाउलखर्क निवासी १९ वर्षको अप्सरा चेपाङ (८ महिनाकी गर्भवती ) भिरमा घाँस काट्न जादा कोखको २ बर्सिय बालक पनि साथै लगेका थिए ।भिरबाट बालक लडेपछी उद्दार गर्न गएकी आमा अप्सरा पनि करिब ५० मि. आग्लो भिरबाट लडेकि हुन । उनलाइ करिब ४ घन्टा पछि मलेखु टिचिङ हस्पिटल ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको अस्पतालले जनाएको छ । उनको गर्भमा भएको बालकको पनि ज्यान गएको छ भने भिरबाट लडेका अर्को २ बर्षको बालकको पनि मृत्यु भयो प्रहरीले बताएको छ ।
गर्ववती आमा सहित २ बर्षे बालकको भिरबाट लडेर ज्यान गयो
गर्ववती आमा सहित २ बर्षे बालकको भिरबाट लडेर ज्यान गयो
लडेर ३ को ज्यान गयो

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया