त्रिभुवन राजपथ अन्तर्गत धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिका वडा नं ८ बाहुनडाँडा स्थित दिल्ली बाट काठमाण्डौ तर्फ आउदै गरेको UP 16 GT 5474 नम्बरको ईन्डियन कार दुर्घटना भएको हो । राती करिव १० बजेर ४० मिनेटको समयमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक डवल बहादुर बमले बताउनु भएको छ । दुर्घटना राजमार्गमा उडेको धुलोले बाटो नदेख्दा दुर्घटना भएको चालक प्रेम बहादुर केसिले बताएका छन् ।

राजमार्गबाट करिव १०० मिटर तल कार खसेको छ भने कार दुर्घटना भएको खबर पाए पछि तत्काल घाइतेको उद्वारमा प्रहरी पुगेको बताइएको छ । मृत्यु हुनेमा बाँके जिल्ला कोहलपुर नगरपालिका बस्ने बर्ष ३६ का रवि लाल विक छन्
https://youtu.be/Nocii0gxw_Y
भने कार चालक प्युठान जिल्ला प्युठान नगरपालिका वडा नं १ बस्ने बर्ष ५० को प्रेम बहादुर के.सी. र जाजरकोट जिल्ला शिबालय गाउपालिका वडा नं ७ बस्ने बर्ष ३९ को केसब बहादुर सिंह, रुकम जिल्ला रुकुम नगरपालिका वडा नं २ चौरघारी बस्ने बर्ष ३० को प्रेम बहादुर राना छन ।

घाइते ३ जनाको काठमाडौ नर्भिक अस्पतालमा उपचार भैरहेको छ भने घाइते रवि लाल बिकको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोला प्रहरी निरीक्षक बमले बताए ।
https://youtu.be/Nocii0gxw_Y