राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा :
प्रकाशित एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका छन् । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए।