धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा वसेको कार्यक्रममा नगर उप-प्रमुख सुरज उप्रेती प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी वडा अध्यक्ष पाटीका प्रतिनिधि वुद्धि जिवि सरोकार वला स्थानियहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विषेश गरी शिक्षा, कृषि, पशु र भौतिक विकास निमाणर् साथै समसामयिक विषयमा प्रश्न उठेको थियो । नगर प्रमुख बालकृष्ण आचार्य र उप प्रमुख सुरज उप्रती, प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी वडा सदस्य राजकुमार कोइराला र पशु सेवाका दानी शाह र शिक्षा अधिकृत सुजन राज खनालले प्रश्नको जवाफ दिनु भएको हो । प्रश्नको जवाफ दिदै आगामी दिनहरुमा कमि कम्जोरीलाई सुधारदै तपाईहरुकै सल्लाह सुझाव लिएर नै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नु भै आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम समापन गर्नु भएको छ ।
तस्विर….