धादिङ, साउन ५/ पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्ग जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं ३ स्थित रातमाटेमा मोटरसाइकल ट्रक संग ठोकिदा मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ जादै गरेको प्रदेश१ ००-००१ ख ८०२९ नम्बरको ट्रक र लम्जुङ्गबाट काठमाडौ आउदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल र ट्रक एक आपसमा ठोकिदा पर्सा जिल्ला बिरंगज बस्ने बर्ष २५ को कृष्ण श्रीवास्तवको ज्यान गएको छ । भने लम्जुङ्ग राइनास नगरपालिका वडा नं ६ बस्ने बर्ष २१ को अस्मिता पाठक गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलले बताए ।
गम्भीर घाइते पाठकलाई थप उपचारको लागि काठमाडौ रिफर गरेको राजमार्ग अस्पतालले जनाएको छ । तिव्र गतिले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।
ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको ज्यान गयो ।
ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको ज्यान गयो ।
दुर्घटना

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया