नेकपा एमाले धादिङ द्वारा आयोजित ४५ औँ पुष्पलाल स्मृति दिवस सम्पन्न गरेको छ । सो कार्यक्रममा बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पालालको योगदान विषयक विचार गोष्ठीको अवसरमा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका सामाजिक अगुवाहरुले आ –आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जनताको समस्या समाधान गर्नका लागि जनतका साझा विषयमा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।
एमालेले जितेका ठाउँमा सहकार्यगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको बताउँदै नेपाली काँग्रेसले जितेको ठाउँमा विकासका योजनामा सहकार्यगर्नका लागि आग्रह गर्नुभयो । राजनिति सेवा भएकोले चुनावपछि जितेकाहरुले निजि सम्पत्ती जस्तो ठान्ने बानी त्यागेर चुनाव जितेपछि साझा मान्छे हुन सिक्नु पर्नेमा अहिलेका जनप्रतिनिधि त्यो हुन नसकेको बताउनुभयो ।
दुख कष्टबाट प्राप्त गरेको व्यवस्थालाई समृद्ध पार्दै समाजबादका लागि इमान्दार भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले पुष्पलाल स्मृति सभामा नेपाली कांग्रेश नेकपा एमाले लगाएत दलहरुको विकासका लागि एउटै विकासका साझा विषयमा याझा धारणा बनाउन दलहरुलाई आग्रह गर्नुभयो । हरेक वडामा कम्तिमा विकासका ५ ओटा विषयमा साझा एजेण्डा बनाएर अघि बढ्नु भन्दै अहिलेको सरकारले सुसासनको अनुभुति दिन नसकेको भर्खर भएको एरपोर्ट सुन काण्ड घटनालाई सम्झिदा हुन्छ । हात्ती छिरेको पनि थाहा नहुने साना कर्मचारीलाई कार्वाही गरे जस्तो गरेर अर्थ मन्त्री र गृह मन्त्री उम्किन नमिल्ने वताए । पुष्पलाल जस्ताले गर्दा यो व्यवस्था आएर अहिले विकासको यो अवस्थामा आएकोले योगदानको चर्चा गर्दै सम्मान गर्दै नयाँ काम गर्नु पर्ने धमलाको भनाइ छ ।
पुष्पलाललाई लेनिनसंग तुलना गर्दै माक्र्सबाद अध्यायन प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाले नेपालका कम्युष्टिलाई एकतावद्ध गर्दै अघिबढ्न पुष्पलालको विचारले योगदान गरेको बताउनुभयो ।
पुष्पलालको विचारले सबै राजनितिक दल एकजुट भएर एकताबद्ध अघिबढ्नु पर्ने बताउनुभयो। मृत्युको अन्तिम घडीमा समेत भारतले उपचार गरिदिन्छु भन्दा इन्कार गरि आफ्नै देशको जनताले उपचार गर्ने बताएर आफूलाई सादगीको उदाहरण दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीयसदस्य जानुका सिंखडा, रेशम लामा लगायतले पुष्पलाललको जिवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।