वैदेशिक रोजगार वा विदेश भ्रमणमा जानको लागि चाहिने राहधानी अर्थात पासपोर्ट लिन ठुलै युद्ध लडेको जस्तो तितो अनुभव हामी माझ हुदै गर्दा धादिङ्ग जिल्ला प्रशासन कार्यालयलले भने अनलाईन सिस्टमको फम अन्त्य गर्दै टोकन प्रणाली लागु गरे पछि भने राहधानी अर्थात पासपोर्ट लिन सहज भएको सेवाग्राही वताउ छन् ।
अनलाईन मार्फद राहधानी लिनका लागि करिव २ देखी ३ महिना सम्म पालो कुर्नु पने र विचौलियाहरुको दवदवा कारण जिल्ला प्रशासन कार्यालय धादिङ्गले असार ३ गते देखी अनलाईन सिस्टमको फम हटाउदै टोकन प्रणाली लागु गरे हो । दैनिक ७० जनाको टोकन दिदै आएको जिल्ला प्रशासन कार्यालय धादिङले राहधानीको सम्र्पुण सेवा जिल्ला प्रशासन कार्यालय भित्रबाट नै हुने धादिङ्गका प्रमुख जिल्ला अधिकारी वद्री नाथ गैह्रेले वताए ।
जिल्ला प्रशासन कार्यालय धादिङले विहान ७ वजे देखी साँझ ६ वजे सम्म राहधानी लिने सेवाग्राहीलाई सेवा दिदै आएको छ । जसबाट ७० जना सेवाग्राहीले राहधानी लिदै आएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङमा राहधानी लिनका लागि विगत महिनामा लाइनमा वसेका सेवाग्राही नै भएको कारण दैनिक १ सय ३० जना राहधानी लिने संख्या भएको तर ७० जनाले मात्र सेवा पाई रहेको अवस्थामा केही दिन पछि १ दिनमै सेवा लिन सकिने वातावरण वन्ने प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले वताए । हाल धादिङ जिल्ला प्रशासन कार्यालयबाट राहधानी लिन टोकन लिए पछि २ दिनमा पालो आउने गरेको छ ।