धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरूङमार्गको अाकस्मिक सुरूङ्ग मार्गकाे ‘ब्रेक थ्रु’ भएको छ। सोमबार अपराह्न ४ वजे इभ्याकुएसन सुरूङको ब्रेक थ्रु गरिएको हो।
सुरूङ ब्रेक थ्रु गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला राज्य मन्त्री नगर प्रमुखहरूकाे उपस्थित रहेकाे थियाे । यो सुरूङको लम्बाई २ हजार पाँच सय ५७ मिटर छ। सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोगमा आउनेछ।आयोजनाको मुख्य सुरूङ भने अब ५०० मिटर खन्न बाँकी छ।
मुख्य सुरूङ २ हजार ६ सय ८८ मिटर लामो हुनेछ। दसैंसम्म यो सुरूङ पनि ब्रेक थ्रु गर्ने गरी काम भइरहेको वताएकाे छ। अवकाे एक वर्षमा सुरूङ्ग मार्ग संचालनमा अाउने मन्त्री ज्वालाले वताए ।
सुरूङ निर्माणको काम वि.सं. २०७६ कात्तिक ४ गते पूर्व प्रधानमन्त्री केपि शर्मा अाेलीले उद्घाटन गर्नु भएकाे थियो। सुरूङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जाइकाले १६ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको छ।