धादिङ्गको गल्छि गाउँपालिका वडा नं. ५ को पाल्चोक र सागिनी का जनताले विद्युत मिटर पाउने आशाले वोका समेत फुकाएर पठाए । श्री रणकालीका सामाजिक सेवा समिति नाम गरेको यस समितिले मिति २०७० साल फाल्गुण १ गते स्थानियहरु संग २ हजार २ सय र २ हजार कोही संग १ हजार २ सय रकम मात्र उठाएनन् रकम नहुने स्थानियहरु संग जिन्सि सामान कुखुरा, वोका, समेत उठाएको स्थानिय वासी वताउ छन् । उठाएको रकम श्री रणकालिका सामाजिक सेवा समितिको वाणिज्य वैंकको खातामा हुनु पर्ने हो । तर त्यसो हुन सकेन कर्मचारी आफु खुशी आफ्नो वैंक खातामा जम्मा गरे । जम्मा गरेको रकम मन लागेको व्यक्तिलाई दिदै अपचलन गरे श्री रणकालिका सामाजिक सेवा समितिका पूर्व सचिव हरि वहादुर भण्डारीले वताए ।
६ सय घर धुरी मध्ये सुकुम्वासी समेत भएका विर वहादुर थिङले विभिन्न शिर्षकमा २ हजार २ सय रकम वुझाएका थिए । धरौटी वापत १३ सय ८० र मिटर वक्स १ सय ८५ ए.सि.वि.क्।ए। २ सय ८० तार ६५ र सेवा शुल्क १ सय, २ महिनाको न्यूनतम धरौटी १ सय ६० र अन्य शुल्क ३० गरी २ हजार २ सय रकम श्री रणकालिका सामाजिक सेवा समितिलाई वुझाएका थिए । उनी एक प्रतिनिधि पात्र हुन यसै गरी ६ सय घर धुरीले १० लाख ७ हजार ८ सय रकम वुझाएका थिए । वत्ति त आयो तर लामो समय विद्युत मिटर आएन । लामो समय सम्म विद्युत मिटर नआए पछि स्थानिय जनता आफै सवा मिटर खरिद गरेर वत्ति वाल्न बाध्य भएको स्थानिय वताए । सवा मिटर प्रयोग गर्दा जोखिम वढेको छ । तर जोखिम भए पनि वत्ति वाल्नुको विकल्प नरहेको स्थानियहरु जनताको गुनासो छ ।
विद्युत मिटरको लागि उठाएको रकम हिना मिनाह गर्नेलाई छानविन गरी कार्वाहीको माग समेत राखेका छन् । जनतालाई विद्युतिय सेवा दिने उद्देश्यले स्थापना भएको श्री रणकालिका सामाजिक सेवा समितिले सेवा दिने नाममा जनता ठग्ने काम गरेको छ । श्री रणकालिका सामाजिक सेवा समितिले २०६२ साल देखी विद्युत विस्तार गरेको थियो । विद्युत विस्तार सहयोगार्थ वापत समितिले १ हजार ५ सय रकम उठाएको थियो । समितिको १५ वर्षमा ३ अध्यक्ष चयन भै सके तर पनि स्थानिय जनताबाट उठाएको रकम विद्युत मिटर पाउन सकेका छैन् । श्री रणकालिका सामाजिक सेवा समितिका तत्कालिन अध्यक्ष वेद वहादुर भण्डारी (कुमार) ले विभिन्न शिर्षकमा खर्च भएको भन्दै रकम माग गरे वमोजिम नै दिएको श्री रणकालिका सामाजिक सेवा समितिका कर्मचारी विष्णु सुवेदी स्वीकार छन् । तत्कालिन श्री रणकालिका सामाजिक सेवा समितिका अध्यक्ष वेद वहादुर भण्डारी कुमारले रकम हिना मिनाह गरेको भन्दै २०८० साल जेष्ठ १ गते स्थनियहरुले जिल्ला प्रशासन कार्यालय धादिङ्ग उजुरी समेत दिएका छन् ।