पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । दाङकाे तुलसीपुरबाट काठमाण्डौ आउँदै गरेकाे बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस बिहान अनियन्त्रित भइ दुर्घटना भएकाे हाे । घाइतेको मलेखुमा रहेकाे राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
दुर्घटना

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया