त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षिय कृष्ण परियारको सशस्त्र प्रहरीले सकु्शल उद्धार गरिएको छ । शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका परियारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जिवितै उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । परियार किन हामफाल्न खोजेका हुन भन्ने खुलेको छैन प्रवक्ता थापाले भने । उपचारको लागि परियारलाई मुग्लिन हाइवे अस्पतालमा पठाइएको वताए ।
त्रिशुली नदीमा हाम्फाल्न खेज्ने युवा सकुशल उद्वार
त्रिशुली नदीमा हाम्फाल्न खेज्ने युवा सकुशल उद्वार
सकुशल उद्वार

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया