नेपाल कम्युनिस्ट पाटी एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बागमती प्रदेशको पहिलो अधिवेशन भाद्र ३० गते काठमाडौ गर्ने तय भएको छ ।
काठमाडौको हार्दिक होटेल बागबजारमा बसेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बागमती प्रदेश संयोजक हर्कमान तामाङको अध्यक्षता बसेको बैठकमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघका इन्चार्ज गोकुल घर्ती मगरको प्रमुख आथित्य र लोकतान्त्रिक आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाको विशेष अथित्य र अथितिहरुमा बिजय लोप्चन, प्रेम श्रेष्ठ,मन्दिरा श्रेष्ठ, कृष्ण भुजेल लगायतको उपस्थितमा अधिबेशनका लागि बिषयगत जिम्मेवारवार बाड्फाड गरेको हो ।
प्रचार पसार कमिटीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघका सहसंयोजक बाशु श्रेष्ठ, हल ब्यबस्थापन आङ छिरिंग आर्थिक कमिटिमा विकास महर्जन, र मन्जु मोक्तान,कुमरी मोक्तान झाकी ब्यबस्थापनमा हिमाल तामाङ र डेण्डी शेर्पा प्रतिनिधि ब्यबस्थापनमा मनोज तामाङ र बाल चन्द्र आले मगर स्वंमसेवक ब्यवस्थापनमा राजिव लामा र सुर्य माया दनुवार खाजा खाना ब्यबस्थापनमा कान्छाराम तामाङ र शेर बहादुर श्रेष्ठ,साथै कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।
भने भाद्र १६ गते शनिबार ११ बजे लोकतान्त्रिक आदिवासी जनजाती महासंघको प्रदेश कमिटी बैठक राख्ने र त्यसका लागि आ-आफ्नो पक्षबाट परिचालन हुने पनि बैठकले निर्णय गरेको छ ।
बैठक झलक