आज अन्तराष्ट्रिय वेपत्ता दिवस विभिन्न कार्यक्रम गरी मनाइ रहदा धादिङ्गमा पनि नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले वेपत्ता परिवार संग अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापतीत्वमा भएको कार्यक्रममा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य राम वहादुर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वेपत्ता परिवार र सहिद परिवारको उपस्थिति रहेको थियो । धादिङ्गमा राज्य पक्ष र माओवादी पक्षबाट २६ जना वेपत्ता भएका छन् भने १ सय १३ जना शहिद भएका छन् । विभिन्न संघ सस्थाले शहिद र वेपत्ता परिवार प्रति मलम पट्टी लगाउने कार्यक्रम गरे पनि राज्य तहबाट शहिद वेपत्ता प्रति वास्ता नगरेको र वेपत्ता परिवार प्रति गम्भिर रुपमा ध्यान नदिएको परिवारले तर्क गरे भने वेपत्ताको नाममा रहेको विभिन्न सम्पति नामसारीमा समेत झमेला हुदा वेपत्ता परिवार प्रति राज्यले झनै पिडा दिएको सहभागि वेपत्ता परिवारहरुको भनाई थियो ।