आस्विन १०/ काठमाडौ, नेपालका आदिवासी जनजातिहरुलाई मुल प्रवाह करण गर्न राज्यले अख्तियार गर्नु पर्ने राष्ट्रिय नीति सम्बन्धि परामर्श गोष्ठी सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संउक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका इन्चार्ज गोकुल घर्ती मगर र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।