असोज १०/ काठमाडौ, नेकपा (एमाले) बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले बुधबार दिउँसो ३ बजेदेखि मनोनय फारम वितरण भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ४ देखि ६ बजे साँझसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । आज साँझ ७ बजे मनोनयन प्रारम्भिक नामवली प्रकाशन हुनेछ र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ८ बजे हुने उहाँले जानकारी दिनुभयो । उहाँले भोलि बिहीबार बिहानदेखि मतदान कार्य सुरु गर्ने कार्यतालिका रहेको बताउनुभयो । नेतृत्वमा सर्वसहमतिको प्रयास पनि जारी रहेको उहाँले बताउनुभयो ।