काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए । अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् । ढुंगेल पक्षबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा र सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित उम्मेदवार छन् । दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् । त्यस्तै, ढुंगेल पक्षबाट उपसचिवमा ललितपुरका प्रेम महर्जन र काभ्रेकी रिता गौतम ढकालको उम्मेदवार छन् ।
नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित, मतदान सकिदै
नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित, मतदान सकिदै
नेकपा एमाले बागमती चुनाव


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया