नेकपा एमाले बागमती प्रदेशको मतदानमा ११३५ मत खसेको छ ।शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको हो। ११६८ जना मतदातामध्ये ११३५ जनाले मतदान गर्यो भने ३२ जना अनुपस्थित भएको निर्वाचन समितिले जानाएको छ । ४१ वटा बिधुतिय मेसिनबाट मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार ५ पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए । उनका अनुसार करिब डेढ घण्टापछि परिणाम आउने बताए । बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल प्रतिस्पर्धामा छन् । त्यसै गरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र राजेन्द्र राजथला प्रतिस्पर्धामा रहेका छन् ।
नेकपा एमाले बागमती प्रदेश चुनाव सम्पन्न, मत परिणाम केही समयमा नै आउने
नेकपा एमाले बागमती प्रदेश चुनाव सम्पन्न, मत परिणाम केही समयमा नै आउने
नेकपा एमाले बागमती प्रदेश अधिवेशन


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया