असोज, १३ विराटनगर / नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि दुई नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।
अधिवेशनमा शनिबार मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने कतिपय केन्द्रीय नेताको प्रस्ताव मान्न ढकाल तयार भएनन् ।