नेकपा एमाले कोशी प्रदेश कमिटीमा अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको भिडन्त निश्चित हुँदा उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। हालकै उपाध्यक्ष धनकुटाका टीकाराम चेम्जोङको सो पदमा एकल उम्मेदवारी परेको हो। सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ। दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेका छन्।संखुवासभाका भविश्वर गुरूङ, खोटाङका देवान राई, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेदवारी दर्ता गरेका छन्। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ। सदस्यमा केही पहाडी जिल्लाबाट सर्वसम्मत भए पनि धेरैतिर धेरै आकांक्षी देखिएका छन्। मनोनयनको अन्तिम सूची जारी भएको छैन।
नेकपा एमाले कोशी प्रदेशमा को कस्को उम्मेद्बारी
नेकपा एमाले कोशी प्रदेशमा को कस्को उम्मेद्बारी


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया