काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । अमेरिका र चीन भ्रमणबाट फर्किएको भोलिपल्टै प्रचण्डले बोलाएपछि ओलीसहितका नेता बालुवाटार पुगेका हुन् । ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला पनि प्रधानमन्त्री निवास पुगेका छन् । एमाले अध्यक्ष संग समय सामायिक राजनीति बिषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।