सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए ।अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका हुन । तोडफोडबाट सिटी हलका सिसा फुटेका छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।