देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । बाहिरिने समयमा मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परेको हो । पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, धनकुटामा ३०, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ । कास्की, लमजुङ्, गोरखा, पाल्पा, तनहुँ, लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गएको सोमबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
भोलि विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने
भोलि विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया