पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखाेलामा बुधवार बिहान ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको छ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख- ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । मृत्यु हुनेमा वागेश्वरी मावि मलेखुमा कक्षा ८ काे कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् । मृत्यु पछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग बन्द गरेका थिए ।घटनापछि भागेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।