पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए । मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशील विषय भएको बताए । कुनै पनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचेजस्तो सहज नभएको ओलीले भने । नेपाललाई हिन्दू राष्ट्र बनाउन संसदको दुईतिहाई मत चाहिने उनको प्रष्टोक्ति थियो । विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने उनको भनाइ छ ।
केही तत्वको निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास:केपी ओलि
केही तत्वको निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास:केपी ओलि


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया