बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ । शुक्रवार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
नेपालगन्जमा कर्फ्यु
नेपालगन्जमा कर्फ्यु


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया