धादिङको धुनिवेशी नगरपालिकामा कर्मचारी आन्दोलित भएका छन् । नगरका कर्मचारीहरुले पेन डाउन गरेर आन्दोलनमा गरेका छन् । कर्मचारीहरुले नगरपालिका अन्तर्गतका कार्यालयहरुमा अति आवश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डाउन गरिएको धुनिवेशी नगरपालिका स्तरिय सँघर्ष समितीले जनाएको छ । धुनिवेशी जस्तै देशभरीकै स्थानिय तहमा कर्मचारीहरुले दबाबमुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को यहि भदौ २१ गतेको बैठकबाट पारित सँघिय निजामती सेवा विधेयकमा स्थानिय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतको विषयमा अस्पष्टता भएकाले सेवा सुरक्षा सम्बन्धी विषयलाई समावेश गरि निजामती सेवा ऐन जारीका लागि दबाब दिन विरोध कार्यक्रम गरिएको स्थानिय तह कर्मचारी केन्द्रिय सँघर्ष समितीले जनाएको छ ।
धुनिवेशी नगरका कर्मचारी पनि आन्दोलित
धुनिवेशी नगरका कर्मचारी पनि आन्दोलित
कर्मचारीको पेन डाउन


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया