सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको नगरसभा बब्य रुपमा सम्पन्न भएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला अध्यक्ष ढवल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथ लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यता रहेको थियोे भने विशेष अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश मन्त्री सरेश नेपाल र नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य शान्ति पाख्रीन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपमहसचिव प्रेम श्रेष्ठ र सचीव हर्क मान तामाङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठ लगाएतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आदिवासी जनजातिको झाकी चौतारा बजार परिक्रमा गरेर लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल चौतारा साँगाचोकगढी नगर कार्यालय पासाङ शेर्पा र शान्ति पाख्रीनले उद्घाटन गर्नु भएको थियोे । त्यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल सिन्धुपाल्चोकले नेकपा एमालेमा योगदान पुराएका तीन सष्ट्राहरु पुर्व मानवीय कृष्ण राज श्रेष्ठ
माधव लाल कर्माचार्य नर ब मास्केलाई सम्मान गरेको छ ।
भने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल चौतारा साँगाचोक गढी नगर अध्यक्षमा सुर्दशन प्रधान उपाध्यक्षमा वाङजुङ तामाङ र चीन बहादुर तामाङ सचीवमा विमला श्रेष्ठ सहसचिवमा विशाल लामा सहित २४ जनाको कमिटी गठन गरेको छ ।
तस्बिर