वन तथा वातावरण मन्त्रालयले संरक्षण क्षेत्रभत्रि जथाभावी भौतकि पूर्वाधार निर्माण गर्न लिने गरी कार्यविधी संशोधन गरे पछि लोकतान्त्रिक आदिवासी जनजातीले आज वन तथा वातारण मन्त्री डा. विरेन्द्र प्रसाद महत्तोलाई ज्ञापन पत्र वुझाएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा पुगेर मन्त्री महत्तोलाई ज्ञापन पत्र वुझाएको हो ।
तयार पारिएको मस्यौदा कार्यविधीले संरक्षण क्षेत्रभित्र भौतकि पूर्वाधारलगायतको निर्माणका लागि सजिलो गरी बाटो खोलदिएिको छ । तर, वज्ञि भन्छन्, ककयो संरक्षण अभियान वपिरति कार्य हो । यो लागु भए संरक्षण क्षेत्र ध्वस्त हुने लोकतान्त्रिक आदिवसी जनजाती महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङले भने ।
यसअघि संरक्षण क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण गर्न नपाउने व्यवस्था थियो । तर, नयाँ कार्यविधीले त्यसका लागि सहज र सरल बाटो खोलदिएिको अध्यक्ष पासाङको तर्क रहेको छ । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोको विशेष निर्देशन, चासो र हस्तक्षेपममा तयार भएको यो मस्यौदाले संरक्षण क्षेत्र तहस नहस पार्ने भन्दै मन्त्रालयका अधिकारीहरुले नै चिन्ता व्यक्त गरेका छन् ।
आदिवासी जनजातीहरुले अहिले सम्म वन पुजा भुमि पुजा गर्दै यतिका वर्षसम्म हिमालमा शेर्पा, पहाडमा, तामाङ, मगर, नेवार, गुरुङ्ग, राई लगाएत अन्य जातिहरु र तराईमा थारुहरुले जोगाएर बचाएर राखेको संरक्षण क्षेत्र ध्वस्त हुन लागे पछि लोकतान्त्रिक आदिवासी जनजातीले यस तर्फ चासो दिएको अध्यक्ष पासाङ शेर्पाले वताए ।