परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेको बताईएको छ ।
अन्य मुलुकले आफ्नो नागरिक फिर्ता लागि सक्दा हाम्रा परराष्ट्रमन्त्री टेलिफोन संवादमा नै छन् ।
संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी गएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिएर बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको मन्त्रालयले जनाएको छ