नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्।जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको हो।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले घोषणा पत्रमा हस्ताक्षर गरे।भेटवार्ताको क्रममा श्रमिकको हकहित, श्रमिकको शोषण तथा ओसारपसार विरुद्धको उपाय, समावेशी वैदेशिक रोजगारी, आप्रवासी कामदारलाई उत्पत्तिको जिल्लामा पुर्न एकीकरण गर्नेलगायतका विभिन्न श्रम सम्बन्धी विषयमा छलफल भएको थियो । उक्त घोषणापत्रमा हस्ताक्षर गर्न जर्मनी पुगेका मन्त्री भण्डारीको टोलीले भोली जर्मनीका निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि नेपालले रोमानियासँग श्रम समझादारी गरेको थियो ।
श्रम गर्न जर्मन जान पाईने
श्रम गर्न जर्मन जान पाईने
जर्मनमा नेपाली


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया