धादिङ, निलकण्ठ १३ लाहुरे गाउँमा जन्मिएकी १९ बर्षिया एरिकाले पदक पहिरिने बेलासम्म पनि आफूले जितेको मेडलको देशमा यति ठूलो महत्व हुन्छ भनेर नसोचेको बताइन् ।उनी भन्छिन्, ‘मैले एउटा फाइट मात्र जितेको सोचेको थिएँ । तर नेपालबाट यति धेरै माया समर्थन पाइन्छ भन्ने थाहा थिएन । अहिले हेर्दा त निकै नै भाग्यशाली र हर्षित छु । एकदमै राम्रो गर्वान्वित अनुभव भइरहेको उनी भन्छिन ।
हुन त एरिका नयाँ खेलाडी होइनन् । घरेलु प्रतियोगिता खेलिरहेकी उनका लागि एसियाली खेलकुद दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यो प्रतियोगिता खेल्नु एक–डेढ हप्ताअघि मात्र उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।
पूरै नेपाली समाज, सरकार र समर्थकबाट पाएको मायाले आफूमाथि देशको आशा र अपेक्षा बढेको अनुभूति एरिकाले गरेकी छिन् । त्यसैले आउँदा दिनमा आफ्नो खेल सुधार्ने र खेलमै केन्द्रित हुने उनी बताउँछिन् ।