काठमाडौं, २४ असोज । युद्वग्रस्त इजरायलबाट नेपालीको उद्वार गर्न र मृत्यु भएकाको शव ल्याउन इजरायली सरकारले हवाई रूट नदिँदा समस्या भएको छ ।
सरकारले नेपालीको उद्दारका लागि इजरायल सरकारसँग हवाई रूट मागेकामा इजरायलले नदिएको हो ।
इजरायलले आन्तरिक प्रक्रिया पूरा गर्ने क्रममा रहेको नेपाल सरकारलाई जवाफ दिएको छ । इजरायलले हवाई रूट उपलब्ध गराएलगत्तै उद्दारका लागि जहाज पठाउने सरकारले बताएको छ ।