लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश कमिटीले नेकपा एमाले बागमती प्रदेश नव निर्वाचित कमिटीलाई बधाई सम्मान पत्र बितरण अनि बिजया दशमी दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
कात्तिक १ गते बिहान ११ बजे जन संगठन इन्चार्ज भानुभक्त आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने आश्विन २४ गते काठमाडौ आशीर्वाद होटेलमा बसेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशको बैठकले निर्णय गरेको हो । बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय अध्यक्ष पासाङ शेर्पा प्रमुख आतिथ्यता र उपमहासचिव प्रेम श्रेष्ठ र सचीव हर्कमान तामाङ र सिन्धुपाल्चोक नेकपा एमाले पार्टी संगठन प्रमुख कृष्ण गोपाल तामाङको आतिथ्यमा बागमती प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्षको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम ललितपुर च्यासल नेकपा एमाले पार्टी कार्यालयमा हुने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठले बताए । सो बैठकमा निवर्तमान संयोजक हर्क मान तामाङ र सचीव बिकास महर्जनले नव निर्वाचित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष बाशु श्रेष्ठलाई माइनट लगाएत सम्पुर्ण जिम्मेवारी हस्तान्तरण समेत गर्नु भएको थियो ।