२५ असोज, काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् ।
देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए ।
यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेका थिए ।
एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ ।
नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन्