एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए ।