नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता जोगाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल जस्तोसुकै कुकर्म गर्न पनि तयार रहेको तथ्य प्रमाणित भइसकेको ठोकुवा गर्नुभएको छ । प्रेस चौतारी काठमाडौंले आज आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो । ‘मुलुक निकै ठूलो संकटमा पुगिसक्यो, तर यो सरकारलाई कुनै चासो छैन । प्रधानमन्त्री र सत्ता गठबन्धन सत्ता जोगाउनेबाहेक केही सोचिरहेका छैनन । सत्ता जोगाउन जस्तासुकै कुकर्म गर्न तयार छन,’ पोखरेलले भन्नुभयो । उहाँले यो गठबन्धनले देश र जनताको बिपक्षमा मात्रै काम गरिरहेको बताउनु भयो ।
फोटो फिचर