राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकले विजया दशमी , शुभ दिपावली , नेपाल संवत् ११४४ , छठ लगाएत नेपाली पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान एवं सिन्धुपाल्चोक जिल्ला बाट प्रदेश कमिटिमा निर्वाचित हरुलाई सम्मान कार्यक्रमसम्पन्न गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री शेर बहादुर तामाङ्को प्रमुख आतिथ्य एवम राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिका महासचिव सुमन पुरिको बिशेष आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि तामाङ्ले बडा दशै ,तिहार एवं छठ एवं विभिन्न पर्वहरुको अवसरमा सुभकामना व्यक्त गर्दै युवाहरुलाई स्थापित गर्नेकुरामा पार्टी लागिरहेको बताउनुभयो । युवाहरूको सक्रियता बिना मिसन ८४ सफल नहुने भन्दै तामाङले पार्टीले दिएको जिम्मेवारी कुशल ढंगले पुरा गर्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथि तामाङ्ले गत प्रदेश कमिटीको प्रथम अधिवेशनमा आफ्नै कारण ले दुई पदाधिकारी निर्वाचित गर्न नसकेको स्विकार्दै यस्को नेतृत्व पन्क्तिले गम्भीर समिक्षा गर्ने बताउनुभयो । गत अधिवेशन बाट प्रदेश अधिवेशनमा सिन्धुपाल्चोक जिल्ला को जुन जुन पालिका बाट निर्वाचित हुनु भएको छ त्यहीँ पालिकामा सक्रिय आगामी निर्वाचनमा सफलता हासिल गर्न सकिने तामाङ्ले बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरिले देश र जनताको हितमा काम गर्ने इच्छा नेकपा एमालेमा मात्र भएको बताउनुभयो ।
नेकपा एमालेले सोचेको र धेरै युवामा लक्षित गरेर ल्याएको काम केही पूरा भएको जानकारी दिदै पुरीले केही पूरा हुनेमा रहेको बताउनुभयो ।उहाँले अहिलेको सरकारलाई काम चलाउ सरकारको संघ्या दिदै गठबन्धनको सरकारले हाम्रो सपना साकार पार्न रोक्ने खतरा बढेको बताउनुभयो । मिसन ८४ को निर्वाचन मा युवा हरुले सक्रिय काम गरि पार्टीका उमेदवार लाई निर्वाचित गराउन विशेष भुमिका खेल्नुपर्नेमा महासचिव पुरिको जोड थियो । कार्यक्रममा कार्यक्रममा वाग्मती प्रदेशमा निर्वाचित बालकृष्ण देउजा, निमफुन्जो शेर्पा ,पार्टी नेता शुभास कर्मचार्य लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अनुशासन आयोगका सद्स्य डम्बर अर्याल, पार्टी जिल्ला कमिटी अध्यक्ष कमल नेपाल लगाएतको उपस्थिति रहेको थियो ।
युवा संघका जिल्ला अध्यक्ष सुरज तामाङ्को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण थिङ्ले सुभकामना मन्तब्य राख्नुभयो भने कार्यक्रम सचीव सुवास तामाङ्ले संचालन गर्नुभएको थियो ।