कोशीमा नेता डा. शेखर कोइरालाले गरेको विद्रोहले नेपाली कांग्रेसमा भएको पराकम्प अझै साम्य भएको छैन । गठबन्धन र पार्टीको निर्णय लत्त्याउँदै शेखरले कोशीमा आफू निकटका केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन सफल भएका छन्।तर, कोशीमा कार्की मुख्यमन्त्री बनेपछि बालुवाटारमा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवासँग गठबन्धनलाई दायाँबायाँ नगर्ने कबुलियतनामा गरेका छन् । कोशीमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई पनि गठबन्धनले समर्थन गर्ने भएको छ । तर, पार्टीभित्र देउवाको पेलानपछि कोशीबाट विद्रोह थालेको कोइरालाले कहाँसम्म जान्छन् भन्ने यकिन छैन । तर, कोशीको विद्रोहबाट शेखरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवालाई गलाउन सफल भएका छन्।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनले पनि स्वीकार गर्ने भएको छ।