इजरायल-हमास लडाइँमा कम्तीमा ११ जना पत्रकार मारिएका छन्। इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म ११ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
गाजाको इस्लामिस्ट समूह ‘हमास’ ले इजरायलमाथि आक्रमण गरेयता २ पत्रकार सम्पर्कविहीन रहेको र ८ जना घाइते भएको सिपिजेले जानकारी दिएको छ।
मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्रकार छन्।