धादिङबेसीबाट गंगाजमुना गाउँ पालिकाकाे ताजिम्राङतर्फ जाँदै गरेकाे यात्रुबस धादिङकाे गंगाजमुना गाउँ पालिका वडा नम्बर सातदाेबाटाेमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । भने १६ जना घाईते भएका छन् ।दुर्घटनामा गंगाजमुना गाउँ पालिका वडा नम्बर २ का १६ वर्षीय अनुरुप तामाङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।
आईतबार मे १ ज ख २६६९ नम्बरको जिप ग्रामिण कच्ची सडकमा पल्टिएर दुर्घटना भएकाे थियाे । दुर्घटनामा दशै विदामा घर जान लागेका बालबालिका र अभिभावकहरु घाईते भएका छन् । घाईतेहरुकाे स्थानिय गुम्दी स्वास्थ्य चाैकी सातदाेबाटाेमा उपचार भईरहेकाे छ ।