काठमाडौं : युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगेका छन्। भारत सरकारको ‘अपरेशन अजय’अभियानमार्फत १८ जना नेपाली भारत आइपुगेका हुन्।
भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्माले इजरायलबाट उद्धार गरेका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गरेका थिए। शर्माले उनीहरुलाई नेपाल जान यातायातको व्यवस्था गरिएको जानकारी दिए।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दशैंका बेला उहाँहरु घर फर्किएकोमा परिवार उत्साहित छन् ।’