काभ्रेपलान्चोक, १ कात्तिक । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको पनौती–५ सुन्दर बस्तीमा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।
गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो