नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बागमती प्रदेश कमिटीले आयोजना गरेको शुभकामना संगै बधाई ज्ञापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । बाशु श्रेष्ठको सभाध्क्षमा भएको सो कार्यक्रम प्रमुख अतिथी लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्चार्ज गोकुल घर्ती मगर र नेकपा एमाले लेखासमिती आयोग शान्ती पाख्रीन लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशको भाद्र ३० गते सम्पन्न नव निर्वाचित पदाधिकारी अध्यक्ष बाशु श्रेष्ठ उपाध्यक्ष मनोज तामाङ र शेर बहादुर श्रेष्ठ सचिव कान्छाराम तामाङ सहसचिव मिना बाला र सुर्य बहादुर माझी कोषाध्यक्ष मन्जु तामाङ र सदस्यलाई प्रमाणपत्र बितरण गर्नुको साथै नेकपा एमाले बागमती प्रदेशको आश्विन ७ र ८ गते सम्पन्न प्रथम अधिबेशनबाट निर्वाचित पदाधिकारी र आदिवासी जनजाति सदस्यहरुलाई बधाई ज्ञापनपत्र बितरण गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश पदाधिकारी अध्यक्ष कैलाश ढुंगेल उपाध्यक्ष दवादोर्जे लामा सचिव नवराज सिलवाल उपसचिव प्रेम बहादुर महर्जन र भक्तकुमारी तामाङ र जनजाति सदस्यहरूलाई ज्ञापनपत्र बितरण गरेको थियो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशको निर्वाचन मन्डलको अध्यक्ष मण्डल बिजय शिंह लोप्चन सदस्य हर्क मान तामाङ, राजेन्द्र श्रेष्ठ प्रेम श्रेष्ठ, मन्दिरा श्रेष्ठ, ज्योती लामा र संयोजक देवराज राई सरोज महोन तामाङ र बिकास महर्जनलाई लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेशले सम्मान गरेको थियो ।