काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धि पत्रहरु र संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि गएराति नेपाल आइपुगेका हुन्। उनले भ्रमणको आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्दैछन्।